Advertisement
SKIP THIS
नयाँ शहर साँफेबगरले पहुँचको आधारमा काम गर्यो

निराकरण खबर अछाम:साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवरको नेतृत्वमा गएको टोलिले नयाँ शहर कार्यालयलाई ज्ञापनपत्र बुझुाएको हो।

ल्याण्ड पोलिङ कार्य छिटो निर्माण गर्न, साँफेबगर एयरपोर्ट बजार भित्र पर्ने सडक पिच, नाली निर्माण, सडक बत्तिका कार्यहरु तत्काल गरि गर्नुपर्ने ,ल्याड पोलिङको जग्गा यथाशिघ्र जग्गा फिर्ता हालसम्मको क्षेतिपूर्ति र छिपेखोला पक्कीपुल देखि नवाठानासम्म बाटो पिच गर्नुपर्ने माग राखेका छन् । ज्ञापनपत्र बुझाउदै नागरिक नयाँ शहर कार्यालयले पहुँचका आधारमा मात्रै काम गर्ने गरेको बताए।८ बर्ष देखि ल्याड पोलिङका नाममा नागरिकका जग्गा मात्रै कब्जा गरेको उनिहरुले बताए ।

छिटोभन्दा छिटो काम नगरे नयाँ शहर बिरुद्ध आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिए।

तपाईको प्रतिक्रिया