Advertisement
SKIP THIS
फुंगी जस्ता एकल तथा जेष्ठ नागरिक प्रेरणाका स्रोत हुन: अध्यक्ष साउद

निराकरण खबर अछाम:अछामको चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले जेष्ठ नागरिकले सामाजिक सुरक्षा नलिने नमूना याेग्य कार्यका भएको बताएका छन।

सोमबार सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी चौरपाटी गाउँपालिका वडा नं ३ डुंग्री बस्ने ७२ बर्षिया फुंगी साउदलाई सम्मान गर्दै अध्यक्ष साउदले फुंगि जस्ता जेष्ठ नागरिकले समेत कसैले भरमा नपरि राज्यबाट प्राप्त सहयोग समेत नलिएर उदाहरणीय कार्य गरेकी बताएका छन।

अहिले धैरै जसो नागरिक जे कार्यको लागि पनि राज्य भर पर्ने हरुका लागि फुंगि प्रेरणाको स्रोत भएको बताए।अध्यक्ष साउदले सामाजिक सुरक्षा लिने लाभग्राहीलाई समेत भत्ता वापतकाे रकम सहि सदुपयाेग गर्नु पर्नेमा जाेड बताए ।

वि.स. २०७२ सालमा श्रीमानकाे निधन भएपछि एकल जीवन विताई रहेकी साउदले आफुलाई बाख्रा पालन र कृषि खेतिपातीबाट खाना लाउन पुगि हाल्छ मेराे पाखुरा चल्दा सम्म सहयाेग चाहिदैन भन्दै सामाजिक सुरक्षा भत्ता नलिने घाेषणा गरेकी थिईन।

सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी फुंगिलाई चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले खादा, अविर, दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया