Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई स्वागत गरिएको छ।

सोमबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले ढुगांनालाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा स्वागत गरेका हुन ।

सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि रिक्त भएका अछाम सहित देशभरका ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको थियोे ।

२०७७ साल माघबाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेश ढुंगाना सरुवा भएपछि गाउँपालिका निमित्तको भरमा सञ्चालन हुदै आएको थियोे ।

तपाईको प्रतिक्रिया