Advertisement
SKIP THIS
धनगढी साँफेबगर पुनः हवाई उडान सुरु, पहिलो दिन २८ जनाले सेवा लिए

निराकरण खबर अछाम:समिट एयरलाइन्सले धनगढी अछाम साँफेबगर उडान पुनः सुचारु गरेको छ।

एयरलाइन्सले साताको दुई दिन सोमबार बिहिवार धनगढी साँफेबगर उडान गर्ने तालिका अनुसार आज सोमबार धनगढी साँफेबगर उडान भरेको हो।

बिगत केही महिना देखि उडान रोकेको समिटले आज सोमबार पहिलो उडान गर्दा २८ जनाले हवाई सेवा लिएका हुन।

आज पहिलो दिन धनगढीबाट १३ यात्रु ल्याएर अछामको साँफेबगर आएको समिट एयरलाइन्स साँफेबगरबाट १५ यात्रु लिएर धनगढी गएको साँफेबगर नागरिक उड्यन प्राधिकरण साँफेबगर प्रमुख बिजय पटेलले जानकारी दिए।

एयरलाइन्सको साता उडान तालिका अनुसार बिहिवार पुनः उडान भर्ने छ।

तपाईको प्रतिक्रिया