Advertisement
SKIP THIS
समाज रुपान्तरणका लागि  गैरसरकारी संस्थाको भुमिका महत्त्वपूर्ण

अछाम :समाज रुपान्तरणका क्षेत्रमा गैरसरकारी संस्थाहरुले राम्रो काम गरेको एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताएका छन् । अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानहरु सफल पार्न गैरसरकारी संस्थाहरुले उल्लेखनिय काम गरेको भन्दै आगामी दिनमा रचनात्मक कार्यहरु गर्न सुझाव दिएका छन् ।

जिल्ला परियोजना सल्लाहकार समितिको बार्षिक समिक्षा कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले आस्था नेपाल, वाक नेपाल र वल्र्डभिजनको साझेदारीमा संचालित कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै संस्थाको प्रशंसा गरेका हुन् । जिल्लाको साफेबगर नगरपालिका, कमलबजार नगरपालिका, पंचदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिकामा संस्थामार्फत भएका गतिविधिको अनुगमन पश्चात आज मंगलसेनमा आयोजना गरिएको समिक्षा कार्यक्रममा सहभागिहरुले यी संस्थाले आफ्नो कार्य क्षेत्रका पालिकाहरुमा नमुना योग्य काम गरेको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान समेत सुझाव दिएका छन् ।

आस्था नेपालले आफ्नो कार्यक्षेत्रमा महिला बालबालिकालाई आर्थिक आयआर्जनसंग जोड्ने कार्यक्रमसहित समाज रुपान्तरणका लागि रुपान्तरण कक्षाहरु संचालन गरेको छ भने वाक नेपालले कृषि क्षेत्रमा सुधार ल्याउन किसानहरुलाई व्यवसायी बनाउने खालका कार्यक्रम र महिलाहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमहरु समेत संचालन गरेको सोही अवसरमा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया