Advertisement
SKIP THIS
शैक्षिक सामाग्री देखि बिधालय पोषाक सम्म नि:शुल्क भएको सामुदायिक बिधालय

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका वडा ७ रिडिकोटमा रहेको सरस्वती आधारभुत बिधालय ककडसातमा बिधार्थीहरुलाई नि: शुल्क बिधालय पोषाक र शैक्षिक सामाग्री बितरण गरिएको छ।

आईतवार वडा कार्यालय रिडिकोटको सहयोग बिधालयका कक्षा १ देखि ५ सम्मका ६१ बिधार्थिलाई नि: शुल्क बिधालय पोषाक र शैक्षिक सामाग्री बितरण गरिएको वडा अध्यक्ष हिम्मत कडायतले जानकारी दिए।

सामुदायिक बिधालयमा बिधार्थी र अभिभावकको आकर्षण बढाउन बिधालयमा बिधार्थीको नियमित उपस्थिति गराउन शैक्षिक सामाग्रीकै कारण बिधार्थीले बिधालय नआउने अवस्था नआओस् भनेर शैक्षिक सामाग्री र बिधालय पोषाक बितरण गरिएको वडा अध्यक्ष कडायतले बताए ।

वडा अध्यक्ष कडायतका अनुसार हाल शिशु कक्षा देखि ५ सम्म रहेको सरस्वती आधारभुत बिधालय ककडसातमा सबै बिधार्थीले आवश्यक शैक्षिक सामाग्री बिधालयमै नि:शुल्क पाउने गरेका छन। बिधार्थीका लागि आवश्यक शैक्षिक सामाग्री र बिधालय पोषाक वडा कार्यलयले नि:शुल्क रुपमा उपलब्ध गराउदै आएको छ।

बिधार्थी अभावमा रिडिकोटका अन्य सामुदायिक बिधालय गाभिए पछि हाल ककडसातमा सरस्वती आधारभुत बिधालय मात्रै रहेको छ।

तपाईको प्रतिक्रिया