Advertisement
SKIP THIS
बाजुरामा चट्याङ लागेर एकको मृत्यु, १ घाइते

मदन विक बाजुरा:बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका- ६ कोर्धका तुले रावलकी १२ वर्षीया छोरी प्रतिक्षा रावल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै चट्याङ लागेर रावलकी अर्की छोरी ९ वर्षीया रोजिता रावल घाइते भएकी छन् ।

प्रहरीका अनुसार कोर्ध गाउँको थला लेकमा शनिबार राति सुतेको अवस्थामा चट्याङ लागेर स्थानीय तुले रावलकी छोरीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर तुले रावलका एक भैंसी,एक पाडो र एक गोरु मरेको प्रहरीले जनाएको छ ।

मृतकको पोष्ट मार्टमका लागि शव जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ । भने घाइते रोजिताको कोर्ध शहरी स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया