Advertisement
SKIP THIS
दुर्घटनाको जोखिम बढेको भन्दै जयगढ बिच बजारमा अटो सञ्चालनमा निषेध

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढको बिच बजारमा अटो सञ्चालन रोक लगाईएको छ।

पुरानो बजार भएको सडक चौडा गर्ने ठाउँ नभएकोले बजारमा बुढापाका बालबालिका बढी दुर्घटनामा पर्ने जोखिम भएको भन्दै अटो सञ्चालनमा रोक लगाईएको जयगढ बजार ब्यावस्थापन समितिका अध्यक्ष पूर्ण सेठ्ठिले बताए ।

बान्नीगढी जयगढ गाउँपालिका जयगढ प्रहरी चौकी बजार बासिन्दाको सहयोग बजार क्षेत्रमा ३ पाङ्ग्रे अटो सञ्चालन रोक लगाईएको बजार ब्यावस्थापन समितिका अध्यक्ष सेठ्ठिले बताए ।

बजार भित्र अटो सञ्चालन नभई अटोहरु गाउँपालिकाको कार्यालय हुदै बसपार्कबाट सञ्चालन भईरहेका उनलेे बताए ।यसरी बजार बाहिरबाट अटो सञ्चालन गर्दा दुर्घटनाको जोखिम टरेको बजार ब्यावस्थापन समितिका अध्यक्ष पूर्ण सेठ्ठिले बताए ।

तपाईको प्रतिक्रिया