Advertisement
SKIP THIS
बैधनाथ गुठीले जग्गा कब्जा गरेको भन्दै पिडितहरु आन्दोलित

निराकरण खबर अछाम:अछामको बैधनाथ गुठीले जग्गा कब्जा गरेको भन्दै स्थानीयद्वारा बिरोध गरिएको छ।शनिबार बिहान गुठि पिडित १ सय ७१ जग्गा धनिले बैधनाथमा प्रदर्शन गरेका छन।

उनिहरुले गुठी संस्थान होसियार,मनपढी तन्त्र चाहिदैन, एकल निर्णय गर्न पाइदैन,नागरिक अधिकारको सम्मान गर,कि त हामीलाई मारी दे कि त हामीलाई बारी दे,सुकुम्बासी बनाउन पाइदैन,कि त हामीलाई न्याय दे होइन भने गोली दे ,हामी सरकारबाट भूमिहिन बनाइएका पिडित किसान हौं, खोई हामीलाई गणतन्त्र, खोई हामीलाइ लोकतन्त्र भन्दै नाराबाजी गरेका थिए ।आफुहरुले पुस्तौ पुस्ता देखि जग्गाको बालि तिर्दै आएका

२०५५/०५६ सालतिर गुठी संस्थानले मालपोत कार्यालय अछामलाई पत्र लेखी राजगुठी कति रैकर कति खुलाई पठाई दिने भनेर पत्राचार गरेको, मालपोत कार्यालय अछामले सम्बन्धित स्थानीय ठाउँमा नपुगी जिल्लामै बसी सबै जग्गा गुठी हुन भनेको भनेको आफुहरुले पछि मात्रै थाह पाएकाले गुठि पिडितले बताए ।

२०६८ साल माघ महिनामा वैद्यनाथ क्षेत्र विकास संस्थामा भद्र भलाद्मी तथा जग्गाधनीहरुको संयुक्त बैठक बसी उल्लेखित जग्गाहरुको विषयको मुद्धालाई सहज र सरल बनाई तिरो भरो फुकुवा गर्ने कार्यमा संस्थाले समेत सहयोग गर्ने भन्ने प्रतिबद्धता जनाएकोमा हाल आएर गुठी संस्थान केन्द्रिय कार्यालयले एकल फैसला गरी बैजनाथ गुठीकै नामका जग्गा हुन भनी गरेको फैसला प्रति आफुहरुको आपत्ति रहेको गुठि पिडिहरुले बताएका छन् ।

शनिबार बैधनाथ गुठी पिडितले बैधनाथमा आन्दोलन गरि आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरेका छन् ।उनिहरुले अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री र मन्त्री परिषदको कार्यलयलाई माग पत्र बुझाएका छन।

आफुहरु भोगचलन गर्दै आइरहेका जग्गाहरु तथाकथित गुठी संस्थानको नाममा नभई हामी जग्गाधनीहरुको जग्गा नै भएकोले उक्त जग्गाहरु रेकर दर्ता स्रेता कायम गरिदिन सरकारलाई माग गरेका छन।

तपाईको प्रतिक्रिया