Advertisement
SKIP THIS
सडकको झाडि काट्न हातमा हसिया लियर निस्के वडा अध्यक्ष खड्का

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका वडा अध्यक्ष गजेन्द्र बहादुर सडकको झाडि काट्न हातमा हसिया लियर निस्केका छन् ।

शनिबार वडा अध्यक्ष खड्का गाज्रा कोटघर सडकमा सडक पुर्ने गरि उम्रिएको झाडि काट्न लागेपछि गाउँका अन्य समाजसेवी, महिला बालबालिका समेत सडकको झाडि काट्न पुगेका छन् ।

बर्षाको समयमा सडक पुर्ने गरि झाडि उम्रिएपछि काट्न निस्किएको वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । गाउँबाट सेवा सुबिधाका, उच्च शिक्षा हासिल गर्नको लागि गाउँका बासिन्दा बाहिर गएपछि गाउँमा नागरिकको बसोबास पातलिए पनि गाउँमा भएका नागरिकमा श्रमदान गर्ने बानि पार्न आफैंले हसिया लिएर झाडि काट्न निस्किएको र सबैको साथ समेत पाएको वडा अध्यक्ष खड्काले बताए ।

आगामी हप्तामा सबै टोलका नागरिकलाई श्रमदानमा सरिक गराउने उदेश्यले काम भएरहेको अध्यक्ष खड्काले बताए ।गाउँका गोरेटो बाटो र अन्य सडकमा समेत नागरिकलाई श्रमदान जोडेर सक्ने जति मर्मत गर्ने वडा अध्यक्ष खड्काले बताए ।

तपाईको प्रतिक्रिया