Advertisement
SKIP THIS
बिधालयमा राजनीतिक संगठनका झण्डा रोक्न रास्वपा डोटीको माग

डोटी : राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले जिल्लामा राजनैतिक दलमा आबद्ध विद्यार्थी संगठनहरुका झण्डा विद्यालयहरूमा रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई ध्यानाकर्षण पत्र बुझायाको छ ।

शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले राजनैतिक दलमा आबद्ध विद्यार्थी संगठनहरुका झण्डा विद्यालयहरूमा देखाउने कार्यलाई रोक्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सामुदायिक विद्यालयहरूमा विभिन्न दलका विद्यार्थी संगठनहरुले राजनैतिक गतिविधिमा आबद्ध गराउने उद्देश्यले समितिहरू गठन गरिरहेको कुरालाई लक्षित गर्दै ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक बलायरले बताए ।

देशलाई आवश्यक पर्ने व्यवहारिक र वैज्ञानिक शिक्षा सम्बन्धी बहस हुनुपर्ने ठाउँमा विद्यार्थीहरूको पढ्ने र रचनात्मक दिमागलाई भङ्ग गराइरहेको कुरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत भएकाले तत्काल पालना गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया