Advertisement
SKIP THIS
साइन नेपालका अध्यक्ष जाेशीद्वारा ईप्रका लडागडा डाेटीलाई कम्प्युटर र कलर प्रिन्टर हस्ताक्षर

निराकरण खबर डाेटी :मानवीय सेवामा अनेकौँ प्रयास संस्था(साइन)नेपाल धनगढी कैलालीले ईलाका प्रहरी कार्यालय लडागडा डोटीलाई कम्पूटर र कलर प्रिन्टर उपलब्ध गराएको छ ।

इलाका प्रहरी कार्यालय लाइ कार्यलयकाे कामकाजमा सहजता हाेस भन्ने उद्देश्यले बिहीबार ईलाका प्रहरी कार्यालय लडागडामै पुगेर संस्थाका अध्यक्ष भक्तराज जोशीले एक थान कम्पूटर सेट र कलर प्रिन्टर उपलब्ध गराएका हुन् ।

संस्थाका अध्यक्ष जोशीले शान्ति सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीलाई सबल,सक्षम बनाउन संस्थाकाे नियम अनुसार आगामी दिनमा पनि आवश्यक पर्ने सामग्री सहयोग गर्ने बताए ।

प्रहरी नायव निरीक्षक नरेन्द्र टमाटाले ईलाका प्रहरी कार्यालयलाई प्रदान गरेको कम्पूटर र कलर प्रिन्टर बुझ्दै हाम्रो कार्यालयलाई अफिसल कामकाज गर्न सहज हुने गरी सामाग्रि उपलब्ध गरायकाेमा संस्थाका अध्यक्षलाई धन्यबाद प्रकट गर्दै अझै आवश्यक सहयोगकाे अपेक्षा समेत व्यक्त गरेका थिए।

सामाग्री हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका कार्यपालिका सदस्य विस्ना देवी साउद,वडा नम्बर ८ का वडा सदस्य तिर्मल कुन्जेडा, पत्रकार, प्रहरि जवान लगायतकाे उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया