Advertisement
SKIP THIS
प्रहरी हवलदार नवराज खड्काको अन्त्यष्टि

डोटी :नेपाल प्रहरीमा कार्यरत हवलदार स्व।नवराज खड्कालाई बुधवार शोक सलामी अर्पण सहित अन्त्यष्टी गरिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा घर भएका प्रहरी हवलदार खड्का मङ्गलवार दिपायल स्थित एरपोर्टमा ड्युटीमा खटिएका बेला एक्कासि बेहोस हुँदा अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो ।

मृतकको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले नेपाल प्रहरीको झन्डा ओढाएर पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा नेपाल प्रहरीले शोक सलामी समेत अर्पण गरेको थियो । मृतक प्रहरी हवल्दार दिपायल सिलगढी नगरपालिकाका डोटीका नगर प्रमुख बाजि सिंह खड्का ुविजयु ज्युका सहोदर भाइ हुन ।अन्यष्टिमा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि , जनप्रतिनिधि , कर्मचारी ,परिवारका सदस्य ,आफन्त लगायतले पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया