Advertisement
SKIP THIS
अछामको मेल्लेख गाउँपालिकाले सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गर्ने

अछाम:अछामको मेल्लेख गाउँपालिकाले सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गर्ने भएको छ।आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा सेवा प्रवाहलाई थप प्रभावकारी,सहज र व्यवस्थित बनाउनुपर्ने र विगतको अभ्यास एवम् अनुभववाट आर्थिक वर्षको अन्त्यमा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SUTRA) मा प्राविधिक समस्या आई समयमा भुक्तानीको कार्य नहुने, भुक्तानी रोकिन सक्ने तथा वजेट फ्रिजको जोखिमलाई समेत मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गरिने मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धौरीराम सार्कीले बताए ।

उनका अनुसार आर्थिक वर्षको अन्तिम समयमा सेवाग्राहीको चाप बढ्ने, राजस्व संकलन, वजेट फस्यौंट, योजनाहरूको भुक्तानी तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यहरू समयमै सम्पन्न गर्नुपर्ने भएकाले सार्वजनिक बिदाको दिन समेत सेवा प्रवाह गरिने निर्णय भएको सार्कीले बताए ।

मेल्लेख गाउँपालिका कार्यालय तथा अन्तर्गतका विषयगत शाखाहरूबाट सार्वजनिक विदाका दिनहरूमा समेत नियमित रूपमा सेवा प्रवाह गरिने भएकोले सम्पूर्ण योजना उपभोक्ता समिति, व्यवसायी तथा आम सेवाग्राहीहरूलाई समयमै आफ्नो कार्य सम्पन्न गरी सार्वजनिक विदाका दिनहरूमा समेत सेवा लिन प्रमुख प्रशासकीय अधिकृत शार्किले बताए ।

तपाईको प्रतिक्रिया