अछाम:अछामको बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक भेरिकोज भेनको सफल अपरेसन भएको छ।शुक्रबार साँफेबगर नगरपालिका ९ बुढाकोटका ३१ बर्षिय पुरुषको याँ खुट्टाको गम्भीर भेरिकोज भेन सफल अपरेसन गरिएको छ।
जनरल सर्जन डा. सरोज ढुंगाना एनेस्थेसिया महेन्द्र कुँवर लगायतको स्वास्थ्यकर्मी टिमले शफल अपरेसन गरेको बयालपाटा अस्पतालले जनाएको छ।सुदूर पहाडका अस्पतालमा यो शल्यक्रिया पहिलो हो।यश शल्यक्रियाले बयालपाटा अस्पतालको स्वास्थ सेवामा ऐतिहासिक कदम भएको अस्पतालले जनाएको छ।

भेरिकोज भेन भनेको के हो ?
खुट्टाका नसाभित्र रहेको रगतलाई माथितर्फ फर्काउने भल्भले राम्रोसँग काम नगर्दा नसा फुलेर ठूलो र बाङ्गोटिङ्गो देखिने अवस्थालाई भेरिकोज भेन भनिन्छ। यसले खुट्टा दुख्ने, भारी हुने, सुन्निने तथा लामो समय भएमा घाउ वा अल्सरसमेत हुन सक्छ। लामो समयसम्म उभिएर काम गर्ने व्यक्तिहरूमा यसको जोखिम बढी देखिन्छ।












