Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा आङ खस्नेको नि: शुल्क शल्यक्रिया शिविर बस्दै

अछाम:अछामको बयालपाटा प्रादेशिक अस्पताल आङ खस्ने समस्याको नि: शुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालय अछामको सहकार्यमा यहीँ असार १९ गते देखि २१ गतेसम्म शिविर सञ्चालन हुने अस्पतालले जनाएको छ।

शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट जाँच,आवश्यक परामर्श र नि:शुल्क शल्यक्रिया सेवा हुने भएकोले आङ खस्ने समस्या लुकाएर नराखी, समयमै उपचार गर्न आउन बयालपाटा प्रादेशिक अस्पतालले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया