संगिता तिमिल्सेना बाजुरा:बडीमालिकाबाट उद्धार गरिएका पुरुषको सुर्खेतमा मृत्यु भएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले जानकारी दिए।
धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते हुनुभएको थियो । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएका छन ।










