अछाम :अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा एभाेकाडाे खेती विस्तार काे लागि कृषकको प्रत्येक घरमा एक घर दुई विरुवा नि: शुल्क वितरण गर्ने अभियान सुरु गरेकाे छ ।
मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे ।
साेहि क्रममा पालिकाकाे वडा न. ८ हात्तिकाेटका २७२ जाना कृषकलाई ५४४ वटा एभाेकाडाे विरुवा निशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले वताएका छन ।
पहिलो चरण वडा न. ८ हतिकाेट वडा न. ५ बिन्धेवासनी,वडा न. ४ कुस्काेटमा वितरण गरिने जनाएको छ । पालिकाकाे सवै वडामा एभाेकाडाे विरुवा विस्तारकाे लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताए ।
एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने बिश्वास लिईएको मेल्लेख गाउँपालिमा उपाध्यक्ष नृप खड्काले बताए ।एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेकाे उपाध्यक्ष खड्काले बताए ।