Advertisement
SKIP THIS
दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्कीन्

दार्चुलाः दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।

साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो।

जलेर गम्भीर घाइते साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुलेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया