Advertisement
SKIP THIS
जहाजको प्रखाईमा सुदूरका पहाडि जिल्लाका बिमानस्थल

तारामान खड्का अछाम:सुदूरका पहाडि जिल्लाका बिमानस्थल जहाजको प्रखाईमा रहेका छन । तत्कालिन बिद्रोही पक्ष माओवादीले ध्वस्तपारेका बिमानस्थल माओवादी शान्ती प्रक्रीयामा आएको लामोसमय सम्म गौचरन बनेका थिए । सुदूरपश्चीमका नागरिकको लामो दवाव पछि पक्की धावनमार्ग सहित केहि समय चाटर्ड उडान भएका बिमानस्थलमा प्रेम आले संकृति तथा नागरिक उड्यन मन्त्री बनेपछि भने केहि महिना नियमित उडान भएका थिए । समिट एयरलाईन्स र नेपाल बायु सेवा निगमले प्रदेश राजधानि धनगढीबाट अछामको साँफेबगर,डोटीको दिपायल,बझाङको देवल र बैतडीको पाटन बिमानस्थलमा उडान भर्दै आएका थिए । समीट एयरलाइन्सले यात्रु अभाव र नेपाल बायु सेवा निगमले जहाज अभावमा उडान रोकेपछि नागरिकले पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन ।

साँफेबगर बिमानस्थल अछाम
२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो ।

११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको बिमानस्थलमा केहि समय जहाज आएपनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउदै जहाज नआउने अछाममा अछामकै कमलजारमा कमलजार बिमानस्थल निमार्ण भईरहेको छ ।जहाज नआउदा नागरिकले सास्ती पाउदै आएका पत्रकार महासंघ,अछाम अध्यक्ष खम्म खत्रिले बताए ।
जहाजको आन्तरिक कारणले नआएको तर कार्यलयलाई कुनै आधिकारिक पत्र नआएको साँफेबगर नागरिक उड्यन कार्यालय प्रमुख बिजय पटेल दास ले बताए ।

डोटी बिमानस्थल
डोटी बिमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो। ६ करोड ८० लाख रुपियाँको लागतमा ४९० मिटर लम्बाइ धावनमार्ग सहित कालोपत्रे भएको सो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो। प्रेम आले संकृति तथा नागरिक उड्यन मन्त्री बनेपछि भने केहि महिना नियमित उडान भएको यो बिमानस्थलमा जहाज आउन पुनः बन्द भएको छ ।

देवल बिमानस्थल बझाङ

२०३२ साल देखि नियमित उडान भएको देवल बिमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो । ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको बिमानस्थलमा हाल यात्रु अभाव देखाउदै जहाज आउन छोडेको छ ।

पाटन बिमानस्थल बैतडी

२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन बिमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रूपमा ध्वस्त भयो ।
पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन

गोकुलेश्वर बिमानस्थल दार्चुला
२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर बिमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । बिमानस्थल सञ्चालनको लागी अहिले धावनमार्गको उचाई बढाउने काम भईरहेको छ ।

डडेल्धुरा बिमानस्थल
सुदुरपश्चीमका ९ जिल्ला मध्ये बिमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पुर्ब प्रधानमन्त्री शेर बहादुर जिल्लाको गृह जिल्ला समेत रहेको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका १ पुइलेकमा विमानस्थल निर्माणका लागि ईआईएको काम समेत सकिएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडी बढाउन गत वर्ष २५ लाख बजेट समेत विनियोजन गरेको थियो। देउवाले समेत निवार्चनको बेला डडेल्धुरा विमानस्थल बन्ने बताएका थिए तर अहिलेसम्म कुनै काम अगाडी बढ्न सकेको छैन । विमानस्थल चाडो सञ्चालन हुनुपर्ने डडेल्धुरा बासीको माग छ ।
सुदूरका पहाडी जिल्लामा उडान बन्द गरेको समीट एयरलाईन्सले भाद्र ७ गते देखि हप्तामा २ दिन सोमबार र बिहिबार धनगढी बझाङ,धनगढी बाजुरा र धनगढी साँफेबगर भर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया