Advertisement
SKIP THIS
माण्डव्य समाज नेपाल जिल्ला शाखा अछामको कार्यालय स्थापना

निराकरण खबर अछाम:माण्डव्य समाज नेपाल जिल्ला शाखा अछामको कार्यालय स्थापना गरिएको छ ।

माण्डव्य समाज नेपाल अछाम शाखाको कार्यालय अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नं: ६ को हरिनगर ठुलासैन बजारमा स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कार्यालयको स्थापना गरिएको हो ।

माण्डव्य समाज नेपाल अछामका अध्यक्ष ताराप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माण्डव्य समाज नेपालका केन्द्रीय सचिव जनकराज भण्डारी मंगलसैन नगरपालिका वडा नं:६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी , समाजका जिल्ला कोषाध्यक्ष लक्षमण भण्डारी ,समाजका अगुवा सेतिराम भण्डारी ,चक्रप्रसाद बालाराम खत्री , भण्डारी ,शुवानाथ भण्डारी ,भवानी भण्डारी ,हरिप्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियोे ।

माण्डव्य समाज नेपाल जिल्ला शाखा अछामले यस जिल्लामा रहेका माण्डव्य गोत्रिय बन्धु बान्धव हरुको तथ्यांक संकलन गर्ने । पुर्खाको पहिचान,खोजी र अनुसन्धान गर्ने लगाएता कार्यलाई अगाडि बढाउन पहल गर्ने समाजको स्थापना भएकोले सोही बमोजिमको काम गर्ने माण्डव समाजका जिल्ला अध्यक्ष ताराप्रसाद भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया