Advertisement
SKIP THIS
सुनसान बन्यो अछामको पुरानो सदरमुकाम बयालपाटा बजार

निराकरण खबर अछाम:अछामको पुरानो सदरमुकाम बयालपाटा बजार बिगत केही बर्ष देखि सुनसान रहेको छ । कुनैबेला जिल्लाबाट मात्र होइन् छिमेकी डोटी, बाजुरा, जुम्ला ,कालिकोट र दैलेखका मानिस किनमेलका लागि बयालपाटा पुग्थे । तर अहिले यहाँको रौनक हराएको छ । बयालपाटा बजारमा अहिले मानिस किनमेलमा लागि आउने देखिदैन ।

डोटीबाट छुट्टिएर अछाम जिल्ला स्थापना हुँदा विक्रम संवत २०१९ सालमा बयालपाटा अछामको सदरमुकाम बनेको थियोे । २०२४ सालमा सदरमुकाम मंगलसेन सारिए पनि व्यापारीक दृष्टिले यसको महत्व कायमै थियो । डोटी, बाजुरा, जुम्ला, कालिकोट र दैलेखका मानिस किनबेचका लागि बयालपाटा पुग्थे ।

विशेष गरि भारत रहेका परिवार जनलाई टेलिफोन गर्नकै लागि बयालपाटा बजार धेरै ठाउँमाबाट नागरिक आउथे ।तर अहिले यो बजार सुनसान देखिन्छ । तत्कालीन बिद्रोही नेकपा माओवादीले बयालपाटामा राष्ट्रिय बाणिज्य बैंक माओवादी आक्रमण र माओवादीले ससस्त्र द्वन्दको बेला देखि यश क्षेत्रका नागरिक बसाइँसरी गएपछि यहाँको रौनक हराउँदै गएको छ।

त्यसपश्चात देश संघियता पछि बयालपाटा बजारबाट नजिकै रहेको जयगढमा बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र र साँफेबगरमा साँफेबगर नगरपालिका स्थापना भएपछि बयालपाटा बजार झन सुनसान भएको छ।

बयालपाटालाई नयाँ ढंगले अघि बढाउन कतैबाट पनि पहल भएन । अहिले यो क्षेत्रका घर र सार्वजनिक संरचना समेत जिर्ण बन्दै गएका छन् ।

गर्मी र चिसो मौसम समेत एकै किसिमको हावापानी रहेको बयालपाटा बजारमा मध्याह्न १२ बजे पछि हावा चल्न सुरु हुन्छ।यश ठाउँमा हावाबाट चल्ने वायु उर्जा प्लान्टको प्रचुर सम्भावना रहेको छ।

चारैतिर पिपल चौताराले घेरीएको यो ठाउँ पर्यटकिय हिसाबले पनि सम्पन्न छ । तर यसको संरक्षण र विकासका लागि भने कुनै निकायको ध्यान गएको छैन ।

मध्यपहाडी लोकमार्गसँग जोडिएको यो ठाउँमा धेरै सम्भावना छन् । फलफुल र अन्नबाली उत्पादनकालागि समेत यहाँ उर्बर भुमि छ । तर पनि यो ठाउँको विकासका लागि पहल भएको छैन । जिल्लाको पुरानो सदरमुकाम अहिले लथालिंग बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया