Advertisement
SKIP THIS
महाकालीमा बगेर बाबु–छोरा बेपत्ता

दार्चुलाः भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्।

नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ बर्षीय सन्तोष चन्द र उनका ५ बर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्। बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन्।

भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए।

उर्लदो महाकालीको किनारमा पौडी खेलीरहेका उनीहरुलाई नदीले बगाएको हो। घटना भारततर्फ भएकाले थप जानकारी भने प्राप्त नभएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको

तपाईको प्रतिक्रिया