Advertisement
SKIP THIS
पारष खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने

काठमाडौँः  नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन्। बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचन भदौ १५ गते हुँदै छ।

बागमती प्रदेश क्रिकेट सङ्घको सदस्यका रूपमा मान्यताप्राप्त काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित जिल्ला सङ्घका प्रतिनिधिहरूले बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्य हुन्। पारसलाई बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा अगाडि बढाउन आफूहरू सहमत रहेको भक्तपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष, काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्षले पनि पारसलाई अध्यक्षमा जिताउन साथ र सहयोग गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया