Advertisement
SKIP THIS
अछाममा जति दिन बस्छु ईमानदारीता भएर काम गर्छु :प्रजिअ पोखरेल

निराकरण खबर अछाम: निराकरण खबर अछाम:अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको आफू अछाम जति दिन बस्यो उति दिननै कानुन पालना र नागरिकका लागि काम गर्ने बताए ।

अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको १ साता पछि अछाम स्थित सक्रिय पत्रकारहरु सँग छलफल गर्दै उनलेे हिजोको दिनमा के कस्तो भयो भन्दापनि अब के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।

जिल्ला स्थित भएका पत्रकारहरु सँगको छलफल क्रममा पत्रकारहरुले अछामका समस्या र सम्भावना बिषयमा प्रमुख जिल्ला अधिकारी पोखरेको ध्यानाकर्षण गराएका थिए ।

पत्रकार सँगैको छलफलबाट जिल्लास्थित सम्पूर्ण कार्यालयहरुले प्रदान गर्ने सेवा प्रवाह, विकास निर्माण, अपराध नियन्त्रण र रोकथाम, शान्ति सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापनका कार्यहरु समेतको बारेमा जनस्तरमा सूचना सम्प्रेषण गर्दै सूचनाको हकको प्रत्याभूति दिलाउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको छ।

यस्तै अछाम जिल्लास्थित सम्पूर्ण कार्यालयहरुले कार्यालयमा सूचना अधिकारीको अनिवार्य व्यवस्था गर्ने, कार्यालयको आधिकारीक वेव साईट अद्यावधिक गर्ने साथै कार्यालयको वेवसाइटमा सूचना अधिकारीको फोटो सहित सम्पर्क नम्बर समेतको व्यवस्था गरी कानुनले दिन मिल्ने सूचना प्रवाह गर्ने व्यवस्था गर्ने निर्णय समेत भएको छ।

कार्यक्रम पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री लगायतका जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया