Advertisement
SKIP THIS
अछामका ५ गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत

निराकरण खबर अछाम:निमित्तका भरमा चल्दै आएका अछामका स्थानीय तहले प्रमुख प्रशासकिय अधिकृत पाएका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछाममा ६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो।

चौरपाटी गाउँपालीकामा बिष्णु बहादुर थापा,बान्नीगढी जयगढ गाउँपालिकामा प्रकाश ढुंगाना,रामारोशन गाउँपालिकामा केशव ज्ञावली,ढकारी गाउँपालिकामा महेश अधिकारी र तुर्माखाद गाउँपालिकामा बिना के सी लाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ।

५ गाउँपालिका मध्ये रामारोशन गाउँपालिकामा मात्रै प्रमुख प्रशासकीय अधिकृत थिए । उनीको ठाउँमा मन्त्रालयले केशव ज्ञावलीलाई पठाएको छ।

५ स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएसँगै अछामका ९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएका छन। अध भने जिल्लाको कमलबजार नगरपालिका मात्रै निमित्तको भरमा रहेको छ ।

तपाईको प्रतिक्रिया