Advertisement
SKIP THIS
जिल्ला प्रशासन अछामका दुई प्रशासकिय अधिकृत सिंहदरबार बाटै हराए

निराकरण खबर अछाम :जिल्ला प्रशासन अछामका दुई प्रशासकिय अधिकृतहरु सिंहदरबार बाटै हराएका छन ।२०८० असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् ।

गृहमन्त्रालयले प्रशासकीय अधिकृत द्धय भण्डारी र शर्मालाई जिल्ला प्रशासन कार्यालय अछाम सरुवा गरेपछि उनिहरु पहुँचको भरमा सिंहदरवारबाट दुर्गम जिल्ला आउन मानेनन् ।पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा अखडा जमाएर बसेका कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड लाग्ने गरेको छ ।

वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देखिने गरेको पाईन्छ । सरुवा भएको ठाउँमा नआईदिदा त्यस क्षेत्रका नागरिकहरुले आफुले प्राप्त गर्ने सेवा सुविधामा समस्या हुदै आएको छ । अहिले जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारीे शरद कुमार पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया