Advertisement
SKIP THIS
अछाममा ११ महिनामा ४ जना सिडियो  फेरिए

सुशील भण्डारी अछाम:अछाम जिल्लामा ११ महिनाको अवधिमा ४ जना सिडियो फेरिएका छन। २०७९ असोज १० गतेदेखी २०८० साउनसम्म ४ जना सिडियो फेरिएका हुन् । २०७९ असोज १० गते प्रमुख जिल्ला अधिकारीको रुपमा रामदत्त पाण्डे अछाम आए । अछाम आएको ४ महिना २०७९ माघ १० गते पाण्डेको गृहमन्त्रालय सरुवा भयो । २०७९ माघ १५ गते लक्ष्मण ढकालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले । करीब ४ महिना २०८० जेठ ५ गते ढकालको गृहमन्त्रालय सरुवा भएपछि २०८० जेठ ७ गते सहसचिव शिवराम न्यौपानेले प्रमुख जिल्लाको जिम्मेवारी सम्हाले । प्रजिअको जिम्मेवारी सम्हालेको तिन महिना नपुग्दै न्यौपाने सरुवा भएर २०८० साउन ३० गते गृहमन्त्रालय जानुभयो । मोरङका सहायक प्रजिअ शरद कुमार पोखरेलको अछाम सरुवा भएपछि पोखरेलले साउन ३१ गतेबाट अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले ।

जिल्लामा सरुवा भएर आइसकेपछि सिडियो हरुले आफ्नो अवधि १ वर्ष भरी जिल्ला बस्छु भन्दै अछामी जनतालाई आश्वस्त मात्रै पार्ने गरेकाछन। दुई रतीन महिनामै जिल्ला बाट सरुवा भएर जाने प्रवृत्तिले अछामका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय बाट प्राप्त गर्ने विभिन्न सेवामा समस्या झेल्दै आएकाछन । जिल्लामा महिनैपिच्छे सिडियो फेरिनु गम्भीर विषय हो । यस बारेमा सरोकारवाला निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।

सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय अछाममा बेला बेलामा कर्मचारीको अभाव हुने गरेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेको लामो समय भईसकेको छ । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं गए। काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासनबाट फर्किए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरेर साउन ३२ गते जिल्ला प्रशासन कार्यालय डोटी फर्किए । कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये १० जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा १ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र २ जना कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेका छन ।

तपाईको प्रतिक्रिया