Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाले बिद्यार्थीलाई स्थानिय उत्पादनकै दिवा खाजा खुवाउने

निराकरण खबर अछामःस्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रमको बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ।कार्यक्रमा बोल्दै प्रमुख अथीती बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष टेक बहादुर साउदले स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रमले गाउँपालिकाको शिक्षा नितिमा सहयोग पुर्याउने बताए । यस कार्यक्रमबाट बिद्यार्थीले पौष्टीक खानेकुरा पाउने र स्थानीय किसानको समेत आय आर्जन बढ्ने बताए । कृर्षी सहकारीलाई किसानसँग जोड्न पनि कार्यक्रमले महत्वपूर्ण योग्दान दिनेमा आफु बिश्वस्त रहेको अध्यक्ष साउँदले बताए ।

कार्यक्रमा बोल्दै वडा अध्यक्षहरुले गाउँ बस्ती रितिदै गएका किसानहरु पलायन भईरहेकाले मेनुमा जती भनेजति परिकार उपलब्ध हुनेमा शंका गरे । गाउँमा आवश्यक उत्पादन बढाउन सबैले लाग्नु पर्ने किसानलाई उत्पादन बढाउनमा लाग्न प्रेरित गर्न सके कार्यक्रम प्रभावकारी हुने वडा अध्यक्षहरुले बताए ।
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर सबै वडाका अध्यक्ष,कार्यपालीका सदस्य,सामुदायीक बिद्यालयका प्राधानाध्यापक, स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम छनोट भएका ६ वटै वडाका सहकारी प्रमुखहरुको सहभागीतमा स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम कृषि सहाकारी संस्था छनोट, दिवा खाजाको मेनु तयार र स्थानीय उत्पादनको दररेट कायम गरिएको छ ।जस अनुसार चामल प्रति केजी ७५,मकैको च्याखला ६०,आलु पिडालु ६०,मुला बन्दा फर्सी,भिन्डी गाजर ६० ध्यु ८०० सुर्यमुखी तेल ३०० भटमास १००,कला सोईटा १५०,गोलभेडा ६० सिमी १५०,गहुँ र मकै कोदोको पीठो ६०,हरियो साप ६० मास र मुसुरो को प्रती केजी २ सय निर्धारण गरिएको छ ।

कार्यक्रमको समापन गर्दै स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम संयोजक एवम् बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले स्थानीय तहमै उत्पादन सहकारी मार्फत खाजा बिद्याथीलाई खुवाईने हुदाँ सहकारी पनि चलाएमान हुने बताईन । सहकारी बिद्यालयबाट टाढा भएपनी बिद्यालय नजिकै कृषक समूह निर्माण गरिएको । स्थानीयलाई कृषि उत्पादन बढाउन यो कार्यक्रम प्रभावकारी हुने उपाध्यक्ष रावलले बताईन । सहकारी संस्थाहरुले ईमान्दारिता हिसावले काम गरे गाउँपालीकाले सहयोग गर्ने उनले बताईन ।

स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम डब्लु एफ पी को आर्थीक सहयोगमा मर्सिकोर नेपाल र वाक नेपालको सहयोगमा सञ्चालन हुनेछ ।आगामी आईतबार देखि सबै वडाका बाल बिकास देखि कक्षा ५ सम्मका सबै बिद्यार्थीलाई दिवा खाजा खुवाउने उदेश्यले सहकारीहरुले काम अगाडी बढाएका छन ।

तपाईको प्रतिक्रिया