Advertisement
SKIP THIS
बान्नीगढीका सामुदायिक बिधालयमा गाउँपालिकाको छड्के: यस्तो देखियो अवस्था

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका सामुदायिक बिधालयको छड्के अनुगमन गरेको छ।

अनुगमनको क्रममा गाउँपालिकाकै केन्द्रबाट नजिकै रहेको जनज्योति आधारभुत बिधालयमा शिक्षकहरु पुरा उपस्थित नभएका प्राधानाध्यपक बिधालय सञ्चालन भएको १ हप्ता सम्म समेत नआएका, उनले निमित्त दिएका प्राधानाध्यापक बिधालय नआई नागपञ्चमिमा नाग बितरण गर्न गएका देखिएको छ।

यस्तै बिधालय सञ्चालन भएको १ हप्ता सम्म पनि बिधार्थीले गृहकार्य गरे नगरेको परिक्षण नगरेका, शैक्षिकसत्र सुरू भएको ५ महिनासम्म पनि पढाउनु पर्ने जति नपढाएको शिक्षकहरु नियमित उपस्थिति नभएको अनुगमनका क्रममा भेटिएको छ।

यस्तै सरस्वती माध्यमिक बिधालय जयगढमा भने शिक्षक उपस्थित भएका भएपनि बिधार्थी भने ६० प्रतिशत मात्रै उपस्थित भएका पाईएको छ।

बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदको नेतृत्वमा उपाध्यक्ष बिन्दु रावल,सामाजिक बिकास संयोजक नेत्र साउद, शिक्षा शाखा प्रमुख बसन्त जोशीले सामुदायिक बिधायलको अनुगमन गरेका छन।

अनुगमनका क्रममा १ अनुपस्थित शिक्षकको हाजिर काटिएको र उनलाई के कारणले अनुपस्थित भएको भनेर स्पष्टीकरण सोधिने गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले बताए ।

बर्षे बिदा पछि सञ्चालन आएका बिधालयमा शिक्षक र बिधार्थीको उपस्थिति के कस्तो छ भनेर अनुगमन गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख बसन्त जोशिले बताए ।

तपाईको प्रतिक्रिया