Advertisement
SKIP THIS
अछामको गाज्रामा बाघले ८ बाख्रा मार्यो

निराकरण खबर अछाम:अछाममा बाघको आक्रमणबाट ८ बाख्रा मरेका छन।

गएराति जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका किसान तिलक खड्काले पालेका ८ बाख्रालाई बाघले मारेको छ।

आईतवार राति गोठमा बाघ पसेरै गोठका सबै बाख्रा मारेको वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए।

पछिल्लो समयमा सो क्षेत्रमा बाघले बाख्रा मारिरहको छ। १ महिनामा बिभिन्न किसानका १५ बाख्रा मारिसकेको स्थानीय हरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया