Advertisement
SKIP THIS
अछाममा नेटवर्किङ मार्केटिङ गरी ठगेको आरोपमा आरएनसी ट्रेडिङ प्रालिका संस्थापक पक्राउ

अछाम:गैरकानुनी ढंगले पिरामिडमा आधारित संरचना बनाएर नेटवर्किङ मार्केटिङ गर्ने आरएनसी ट्रेडिङ प्रालिका संस्थापक प्रमुख राहुललाई अछाम प्रहरीले पक्राउ गरेको छ ।

छोटो अवधिमा राम्रो आम्दानी हुने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्दै आएको ठगी कसुर मुद्दामा फरार रहेका बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षिय कम्पनीका संस्थापक (राहुल) भनिने रबिन चन्द लाई अछाम जिल्ला सदरमुकाम मंगलसेन बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए ।

अछामका ३७ जना लाई नेटवर्किङ मार्केटिङमा जोडेर उनीहरु बाट कम्पनीले पैसा उठाएको थियो । विभिन्न आश्वासन देखाइ कम्पनीमा जोडिएको ३७ जना मध्ये १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा यो भन्दा पहिले नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षिय पृती ऐरि लाई २०७९ चैत ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

जसमा फरार रहेका मुख्य ब्याक्ती रबिन चन्दलाइ बिहीवार प्रहरीले पक्राउ गरेको हो । सो कार्यमा संलग्न बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय भिम सिंह ऐरि र बाजुरा जिल्ला खप्तड क्षेडेदह गाउँपालिका ३ बस्ने २० वर्षिय गणेश खड्का फरार रहेका छन् । विभिन्न क्षेत्रमा जागीर लगाइ दिन्छौं भन्दै ३७ जनाबाट ब्याक्ती अनुसार १६ हजार देखि २४ हजार सम्मका दरले जम्मा ५ लाख २६ हजार १ सय रकम उठाएका थिए ।

तपाईको प्रतिक्रिया