Advertisement
SKIP THIS
बास्तबिकता बुझेर मात्रै सामाजिक सञ्जालमा लेख्न चौरपाटी गाउँपालीका अध्यक्ष साउदको आग्रह

निराकरण खबर अछाम: चौरपाटी गाउँपालिका अध्यक्ष भिम साउदले आफू निर्वाचित पार्टीबाट भएपनि निर्वाचित भईसकेपछि सबैको जनप्रतिनिधि भएको हुदाँ आजसम्म कुनै भेदभाव नगरि काम गरिरहेको बताएका छन् ।

शनिबार गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष साउदले पछिल्लो समयमा गाउँपालिकाको बदनाम गराउने गरि सामाजिक सञ्जालमा लेख्ने गरेकाले सत्य तथ्य भएर मात्रै लेख्न आग्रह गरे।

आफुले जानि जानि गलत नगर्ने कहि कतै गलत गरे खबरदारी गर्न तर राम्रा कामको समेत समर्थन गर्न अध्यक्ष साउदले आग्रह गरे। कुनै काम योजना बारे कुनै दुबिधा अनिमियता भए गाउँपालिकामा आएर सुचना हक प्रयोग गरि माग्न सकिने उनलेे बताए ।

आफू सधैव गाउँपालिकाको बिकासका लागि लागिरहेको, पालिकाबासीका समस्या सँग राम्रोसँग परिचित भएको तिनै कामहरु गर्न लागिपरेको बताए । अध्यक्ष काठमाडौ धनगढी मात्रै जाने प्रश्नको जवाफ दिदै अध्यक्ष साउदले काठमाडौं धनगढी ब्याक्तिगत कामले गएपनि गाउँपालिकाको लागि काम गर्ने पालिकाले नसक्ने काम प्रदेश र केन्द्र सँग माग गर्ने गरेको त्यैस अनुरुप गाउँपालिकामा फोर जी को टावर बनिरहेको बताए ।

आफू सार्वजनिक ब्याक्ती भएको र ब्याक्तिगत योजना माग्नेहरुलाई योजना नदिएका कारण आफुलाई समाजिक सञ्जालमा प्रहार भईरहेको अध्यक्ष साउदले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा राजनीतिक दल स्थानीय नागरिक , पत्रकार लगायतको उपस्थित रहेको थियोे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक बर्ष २०८९/०८० मा गरेका विभिन्न गतिविधि गाउँपालिकाले प्रवाह गरेका सेवाको बारेमा सार्वजनिक सुनुवाइ गरेको हो। सार्वजनिक सुनुवाइ कार्यक्रम बिभिन्न उठेका प्रश्न जिज्ञासाको सम्वन्धित निकायले जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया