Advertisement
SKIP THIS
अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

कमल बहादुर बुढा अछाम : अछाममा जंगली जनावर बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बिहीबार साँझ बँदेलको आक्रमणबाट तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीय दिला बयकको ज्यान गएको हो ।

स्थानीय धनबहादुर बुढाका अनुसार चितासैनबाट मास गोडेर घर फर्किने क्रममा उनलाई बँदलले आक्रमण गरेको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुढाले बताए ।

सिकार खेल्न गएका सिकारीहरुले बँदेललाई गोलि हान्दा घाइते भएको बेदेलले आक्रमण गरेको हुनसक्ने बुझिएको छ ।

उनका दुई छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया