Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशमा भदाै १ सार्वजनिक बिदा

अछाम: सुदूरपश्चिम प्रदेशमा भदाै १ गते अर्थात भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ । भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ । ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ । 

तपाईको प्रतिक्रिया