Advertisement
SKIP THIS
नगरपालिकाको गेटमै रहेको पार्कमा ताला

टीकापुर:टीकापुर नगरपालिकाको मुख्य प्रवेशद्वारको अगाडि रहेको चिल्ड्रेन पार्कमा ताला लगाईएको छ।सुदुरपश्चिम प्रदेशको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको १० लाख बजेटबाट मर्मत सम्भार भएको चिल्ड्रेन पार्क अझै सञ्चालनमा आउन सकेको छैन।

असार १५ गते नै मर्मतसम्भारको काम सम्पन्न भैसक्दा समेत चिल्ड्रेन पार्कको प्रवेशद्वारमा लगाईएको ताल्चा खोलिएको छैन
पार्कलाई प्रयोगमा ल्याउन नसक्दा खण्डहर बन्ने स्थितिमा पुग्न लागेको छ।

चिल्ड्रेन पार्कमा प्रदेश र नगरपालिका दुबैले रकम विनियोजन गरेका थिए । पछि नगरपालिकाले पार्कको लागि विनियोजन गरेको रकमबाट दुई ठाउँमा हाइमास्क लाइट जडान गरेको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए ।

चिल्ड्रेन पार्क मर्मत सम्भारको जिम्मा पाएको उपभोक्ता समितिका अध्यक्ष जनक बहादुर विष्टले आफुहरुले लागत अस्टिमेट अनुसार काम सम्पन्न गरिसकेको बताएका छन् । बजेटको मापदण्ड अनुसार सबै काम सम्पन्न भएको छ ।” विष्ट भन्छन्, “सञ्चालन गर्ने जिम्मा हाम्रो होइन ।

बालबालिकाका लागि खेलौनाका सामाग्रीहरु त्यहाँ राख्न सकेपछि मात्रै त्यसलाई सञ्चालनमा ल्याउने गरी नगरपालिकासँग छलफल भएको उनी बताउँछन् । खेलौनाका सामाग्री नभएकै कारण अन्य गलत क्रियाकलापका लागि पार्क प्रयोग नहोस् भनेर आफुहरुले ताला लगाएको विष्ट बताउँछन् ।

तपाईको प्रतिक्रिया