Advertisement
SKIP THIS
अदालतमा बिचाराधिन मुद्दालाई लिएर लगाएको आरोप प्रति कांग्रेस अछामको गम्भीर ध्यानाकर्षण

निराकरण खबर अछाम:अछाम जिल्ला अदालतमा चलिरहेको एक मुद्धामा पंचदेवल विनायक ४ निवासी नेपाली कांग्रेसका नगर सभापति सज्जन बहादुर शाही अछाम जिल्ला अदालतबाट पुर्पक्षका लागि धरौटीमा छुटेको बिषयलाई लिएर सामाजिक संजालमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई जोडेर अपवाह फैलाएको भन्दै नेपाली कांग्रेस अछामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस केन्द्रीय सभापति शेरवहादुर देउवा र पार्टीको आन्तरिक विशेष अभियानमा अछाम जिल्ला प्रतिनिधि केन्द्रिय सदस्य सुशीला मिश्र भट्ट ज्यूको नाम जोडेर केहि व्याक्तीहरुले अतिरन्जित सामाग्री सामाजिक संजालमा राखेको विषय प्रति नेपाली कांग्रेस अछामको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस कार्यावाहक सभापति नयाराम बजगाईले मंगलबार एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस पार्टी विधिको शासनको पक्षमा रहेको स्पष्ट पारेको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार देशभर सुरु भएको अभियानलाई सफल पार्न अछाम जिल्लामा आउनु भएका केन्द्रिय प्रतिनिधिलाई झुट्टा आक्षेप लगाएर सांगठनिक सुदृढीकरण विशेष आन्तरिक अभियानलाई प्रभावित गर्ने गरि कुत्सित मनसायले सामाजिक संजालमा आएका मनगणन्ते धारणा प्रति कांग्रेस अछाम खेद व्यक्त गर्दछ भनी बिज्ञप्तिमा भनेको छ।

सामाजिक मुद्धाको विषयसंग नेपाली कांग्रेस पार्टी र नेतृत्वको नाम जोडेर असत्य, भ्रामक लेख्ने जोकसैलाई उक्त विषयलाई अतिरन्जित गरेर नलेख्न चेतावनी दिएको छ। नेपाली कांग्रेसको नाम जोडेर भाम्रक तरिकाले सामाजिक संजालमा लेख्ने, कमेन्ट गर्ने र लाईक गर्नेहरुका विरुद्ध कानुनी खोज्ने कुरा उपचार बिज्ञप्तिमा भनिएको छ।

कानुनको शासन र स्वतन्त्र सक्षम न्यायपालिकाले गरेको निर्णय र आदेश प्रति नेपाली कांग्रेसको सदैव समर्थन रहने साथै न्यायमुर्तिले गरेको आदेशलाई अतिरन्जित गरि समाजमा अशान्ति फैलाउने र स्वतन्त्र न्यायलयका विरुद्ध सामाजिक संजालका माध्यमबाट भ्रम सृजना गरेर जनताका नियमित कामकारबाहीमा बाधा पुग्ने गरि राजमार्ग, सार्वजनिक कार्यालय र स्थल अवरुद्ध गर्ने कार्य नगर्न नगराउन समेत नेपाली कांग्रेस अछाम अनुरोध गरेको छ।

बिधिको शासन पालना गर्ने पार्टी संघ संगठन ब्याक्तीले अदालतमा विचाराधीन मुद्धालाई प्रभावित हुने काम नगर्न अनुरोध गरेको छ। नेपाली कांग्रेस विधिको शासनको हिमायती पार्टी भएकोले दोषीलाई कारवाही र निर्दोष नफसुन भन्नेमा दृढ संकल्पित रहेको नेपाली कांग्रेस अछाम सबैमा कानुनी शासनको सम्मान गर्न अनुरोध गर्दछ भनी बिज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया