Advertisement
SKIP THIS
बाजुरामा खाेलाले बगाउँदा एक महिला बेपत्ता

बाजुरा:बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा साेही गाउँपालिका–१ मुक्तिकोटका प्रसादे बिककी ६५ वर्षीया श्रीमति गुवा बिक रहेकी छन् । विक सोमबार दिउँसो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार विक कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा उनलाई बगाएको हो । प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया