Advertisement
SKIP THIS
विनोद शाहीका हत्या आरोपी शाहीलाई धरौटीमा छोड्न अदालतको आदेशपछि मृतका आफन्तहरु आन्दोलित

अछामः अछामको पञ्चदेव विनायकका विनोद शाहीका हत्या आरोपी सर्जनबहादुर शाही धरौटीमा रिहा भएपछि मृतका आफन्तहरु आन्दोलित भएका छन् । उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

आईतवार जिल्ला अदालत अछामले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको फैसलाविरुद्ध उनीहरुले विनायक बजारमा टायर जलाएर विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले मध्य पहाडी राजमार्गमा अवरुद्ध पार्न बाटोमा ढुंगा राखेका भएपनि ती ढुंगा हटाइसकिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलास बिष्टले बताएको छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पनि ऐक्यबद्धता जनाएको छ ।

विनोद शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए ।

तपाईको प्रतिक्रिया