Advertisement
SKIP THIS
जनता बलियो भए मात्र देशमा संघियता र लोकतन्त्र बलियो हुन्छ : नेत्रि भट्ट

कमल बहादुर बुढा:अछाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुशिला मिश्र भट्टले जनता बलियो भए मात्र देशमा संघियता र लोकतन्त्र बलियो हुने बताएकी छन् । जनतालाई आर्थिक, सामाजिक र राजनितिक रुपले बलियो बनाउन सकेमात्र संघियता र लोकतन्त्रले सार्थकता पाउने उनले बताईन् ।

कांग्रेसको आन्तरिक संगठन सुदृढीकरणका लागि अछाम जिल्ला प्रतिनिधि भएर अछाम पुगेकी भट्टले जिल्लाको तुर्माखाँदमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता र समाजका लागि काम गर्न सक्ने पार्टी भनेकै कांग्रेस मात्र भएको बताईन् ।

एक अर्को प्रसंगमा उनले नेता र गुट नभनि जनजीवीकाका सवाल र जनताको मनजित्ने काम गर्न सबै नेता कार्यक्रतालाई आग्रह गरिन् । नेतृ भट्टले अपर कर्णाली ,बेतन कर्णाली, माथिल्लो कर्णाली, सेतिलोक मार्ग, गैरिटाँड जंगलघाट चिसापानी सड्क निर्माणमा कुनैपनी बहानामा ढिलाई गर्न नहुने बताईन् ।

यि आयोजनाहरु जति सक्दो छिटो निर्माणका लागि सबै तहका सरकारले आ आफ्नो तर्फबाट पहल कदमी लिनुपर्ने र स्थानीय बासिले पनि सम्बन्धित निकायमा दबाव सृर्जना गर्दै खबरदारी गर्नुपर्नेमा नेतृ भट्टले जोड दिईन् । कर्णाली नदि जंगल घाटमा निर्माण हुन लागेको पुल कुनैपनि बहानामा नरोक्न र तत्काल काम संचालन गर्न समेत उनले सम्बन्धित निकायको ध्यानार्कषण गरेकी छन् ।

नेपाली कांग्रेस तुर्माखाँद गाउँ कार्यसमितिका कार्यवाहक सभापती उपेन्द्र बहादुर विसिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, बेद प्रकाश तिमिल्सिैना, रुपा आउजी, कार्यवाहक सभापती नयाँराम बज्गाई, महासमिति सदस्य बल बहादुर कुवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, भुमिसरण बजगाई ,कमल विक, महाधिवेशन प्रतिनिधि पुर्णा शाह, युवा नेता बिनोद थापा, जनकराज भण्डारी, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए । उपेन्द्र थापाको स्वगत मन्तव्य बाट सुरुवात भएको कार्यक्रमको संचालन प्रताव बहादुर शाहीले गरेका थिए ।

तपाईको प्रतिक्रिया