Advertisement
SKIP THIS
बाजुरामा हातले उप्किने कस्तो पिच

निराकरण खबर अछाम :बाजुरामा पिच गरेको महिना दिन नपुग्दै पिच हातले उप्किने थालेको छ ।

साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुरा सदरमुकाम मार्तडी सेलाघाटमा पिच गरेको सडक हातले उप्किने गरेको छ।सडक डिभिजन कार्यालय साँफेबगर मार्फत आर्थीक बर्ष २०७७ ०७८ मा सातभाई निमार्ण सेवाले ५० लाखमा सडकको पिच ठेक्का पाएको सडक डिभिजन कार्यालय साफेबगरका प्रमुख बिवश बाबु शहदेवले बताए ।असारको अन्तीम साता सडक पिच नर्गन भन्दा पनि नमानेर जबरजस्ती पिच गरेकोले भुक्तानी नगरिएको प्रमुख शहदेवले बताए ।

स्थानीय लक्ष्मण थापाले टिकटकमा पोष्ट गरेको भिडियोमा केहि युवाहरुले पिचलाई हात र खुट्टाले सहजै उप्काईरहेका छन।पानी माथी अलकत्रा हालिएको भिडीयोमा स्पष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया