Advertisement
SKIP THIS
श्रमदानबाट सडक बनाउदै पित्रेइनाका युवाहरू

निराकरण खबर अछाम:पछिल्लो समय देशमा श्रमदान गर्नेहरु बढ्दै गएका छन।अछामको चौरपाटी गाउँपालिका ४ पायलको तल्लो टोल मधने पित्रेइनाका युवाहरू श्रमदानमा जुटेका छन।

पित्रेइनाका पानीखोला सुगरखाल रोल खोला कप्तोलि हुदै खाल गडा जोड्ने ग्रामीण सडक बर्षाका कारण महिना दिन देखि अवरुद्ध हुदाँ यातायात सञ्चालन अबरुद्ध भएकोले युवाहरुले आफै सडक मर्मत गरेका दिपक खत्रीले बताए ।

सडक बिग्रिदा बिरामीलाई बोकर अस्पताल सम्म पुर्याउनु पर्ने बाध्यता रहेकोले युवाहरूले श्रमदानबाटबाट अबरुद्ध बाटो सञ्चालन ल्याएका खत्रीले बताए ।

तपाईको प्रतिक्रिया