Advertisement
SKIP THIS
कांग्रेस बलियो भएमात्र लोकतान्त्रिक व्याबस्था मजबुत हुन्छ : नेत्रि भट्ट

जनकराज भण्डारी अछाम : नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम ठकारीमा सम्पन्न भएको छ ।

ठकारी गाउँ कार्यसमितिका कार्यवाहक सभापती खड्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकि थिईन।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेत्री भट्टले काङ्ग्रेस बलियो भएमात्र लोकतान्त्रिक व्याबस्था मजबुत हुँदै जाने बताईन ।पाटिको आन्तरिक सङ्गठन सुदृढीकरण कार्यक्रमको सिलसिलामा ठकारी पुग्नु भएकी केन्द्रीय सदस्य भट्टले समयाअनकुल पाटी संगठन निर्माण गरि अगाडि बढन सबै नेता कार्यक्रता लाई अनुरोध गरिन्।केन्द्रीय सदस्य भट्टले अछामको विकासका लागि आफनो बलबुताले भ्याय सम्म प्रदेश र संघिय तहमा पहल गर्ने बताईन।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, रुपा आउजी , अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बज्गाई,महासमिति सदस्य बल बहादुर कुवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, भुमिसरण बजगाई ,कमल विक, महाधिवेशन प्रतिनिधि पुर्णा शाह लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य ,क्षेत्रीय समितिका पदाधिकारी सदस्य ,निर्वाचन क्षेत्र प्रदेश कार्यसमितिका पदाधिकारी सदस्य नगर तथा गाउँ कार्यसमितिका पदाधिकारी सदस्य बडा कार्यसमितिका पदाधिकारी सदस्य नेपाल बिद्यार्थी संका जिल्ला अध्यक्ष खेमराज खड्का लगायत भातृ तथा सुभेच्छुक संघ संस्थाका प्रमुख प्रतिनिधि लगाए पटिप्रति आस्थावान मानुभाव हरुको बाक्लो सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया