Advertisement
SKIP THIS
नेत्री भट्टद्वारा जनताको हितको लागि काम गर्न निर्देशन

जनकराज भण्डारी अछाम:नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

क्षेत्र नम्बर २ का कार्यवाहक सभापती ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेत्री भट्टले काङ्ग्रेसको सङ्गठन सुदृढीकरण गरि पार्टीलाई बलियो र मजबुत बनाउन सबै तहका संगठनहरु बलियो र मजबुत बनाउदै लग्नुपर्ने बताए।संगठनमा रहेका साना तिना समस्या लाई समाधानगरी पाटिलाई एकताका साथ मजबुत बनाउन लाग्न सबै नेता कार्यक्रतालाई अनुरोध गरे।

केन्द्रीय सदस्य भट्टले समुदायमा रहेका सबै बर्ग र समुदायको हितहुने गरि समुदायमा परिचालन हुन सबैलाई अनुरोध गर्नु गरे।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, रुपा आउजी , अनुराधा स्वार , महासमिति सदस्य बल बहादुर कुवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बजगाई लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया