Advertisement
SKIP THIS
बैतडीमा छाउ गोठमा सर्पको टोकाईबाट किशोरीको मृत्यु

धनगढी:बैतडीमा महिनावरी भएकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

जिल्लाको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।वडा नम्बर ४ का अध्यक्ष जनक बहादुर चन्दका अनुसार महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो ।

महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसिकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् । महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् ।

तपाईको प्रतिक्रिया