Advertisement
SKIP THIS
पञ्चदेवल विनायक नगरपालिका विनोद शाही हत्या प्रकरण :मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ

काठमाडौं:अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अंगुर जिसीले जानकारी दिए ।

शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो ।

त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया