Advertisement
SKIP THIS
रामारोशनमा करार कर्मचारी प्रति भएको अन्यायपूर्ण निर्णय सच्याउन नेराकसं (निजामती)को आग्रह

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिकामा करार कर्मचारी प्रति भएको अन्यायपूर्ण निर्णय सच्याउन नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) अछामले आग्रह गरेको छ। सोमबार एक बिज्ञप्ति जारी गर्दै उसले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै सार्वजनिक सेवामा जनताको सहज र सुशासनको प्रत्याभुति गर्ने कर्मचारी महत्त्वपूण भुमिका रहेको बताएको छ।

नेपालको संघीय शासन प्रणालीको कार्यान्वयनको लागि संघीय ऐन जारी नभएको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारहरुले प्राविधिक तथा सहयोगी कर्मचारीहरुलाई सेवा करारमा समेत भर्ना पाईने बिज्ञप्तिमा उल्लेख गरेको छ। रामारोशन गाउँपालिकाको मिति २०८० असार ८ गतेको तलव समायोजन सम्बन्धी निर्णयानुसार सेवा करारमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको ( विगतमा उक्त पालिकाकै निर्णयानुसार सेवा करारमा छनौट भएका ) खाईपाई आएको तलबस्केल भारी अंकमा घटाउने अन्यायपूर्ण, अविवेकी, अदुरदर्शी निर्णय गरेको संगठनले ठहर गरेको छ।

शिक्षक तथा कर्मचारीहरुले खाईपाई आएको तलवस्केल घटाउने निर्णय अन्यायपूर्ण तथा अशोभनीय भएकाले गाउँ कार्यपालिकाको उक्त निर्णय बिरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ऐक्यबद्धता जनाउदै रामारोशन गाउँपालिकालाई जिम्मेवार बन्न अनुरोध गरेको छ।

श्रमजीवि शिक्षक तथा कर्मचारीहरुको दैनिक जिविकोपार्जन तथा मर्यादामा समेत चोट पुग्ने निर्णयलाई जिम्मेवार निकाय ( रामारोशन गाउँ कार्यपालिका) र सरोकारवालाहरु (शिक्षक तथा कर्मचारी) बीच समन्वय तथा सहकार्य गरी उक्त निर्णय सच्याउन रामारोशन गाउँ कार्यपालिकालाई आग्रह गरिएको अध्यक्ष झपट थापा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया