Advertisement
SKIP THIS
अछाम प्रशासन आउने कर्मचारी सिहंदरवार बाटै फर्कीन्छन्

तारामान खड्का अछाम :जिल्ला प्रशासन कार्यालय अछाममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो । प्रशासनमा भएका सहायक जिल्ला अधिकारी र प्रशासकीय अधिकृत सरुवा भएर गएपछि छिमेकी जिल्लाबाट केहि दिनलाई काजमा बोलाएर काम गर्नु पर्ने अवस्था रहेको छ ।जेठ महिनामा प्रशासनका प्रशासकीय अधिकृत सरुवा ३ महिनामा दैलेख,बाजुरा र डोटीबाट प्रशासकीय अधिकृत बोलाएर काम गरिएको छ ।

असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत भण्डारी र शर्मा सरुवा भएको महिना दिन पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर नभएरै सिंहदरबार बाटै हराएका छन् । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न नमान्ने भएर अछाम नआएको अछामका सरोकार वालाको बुझाई छ ।

हाल जिल्ला प्रशासन कार्यालय डोटीबाट अधिकारी दिर्घराज उपाध्याय काजमा आएकै बेला बिरामी बिदामा काठमाण्डौ गएका अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तिन महीना नपुग्दै गृहमन्त्रालय सरुवा भएका छन । जिल्ला प्रशासन कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ९ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुईजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा २ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र २ जना कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा कर्मचारी काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया