Advertisement
SKIP THIS
अछाममा कांग्रेसको “विशेष आन्तरिक अभियान”

अछाम : पार्टीको आन्तरिक सांगठनिक मजबुद बनाउन नेपाली कांग्रेसले देशैभर “विशेष आन्तरिक अभियान“ सुरु गरेको छ । पार्टीको संगठन बलियो बनाई क्रियाशिल र चलायमान बनाउन कांग्रेस केन्द्रीय समितीको बेठकले गरेको निर्णय बमोजिम देशभर एकसाथ अभियान सुरु गरेको हो ।

“विशेष आन्तरिक अभियान“ २०–३० श्रावण, २०८० नाम दिएको सो अभियान अन्तर्गत नेपाली कांग्रेस अछामले श्रावण २२ गते सोमबार जिल्ला सदरमुकाकम मंगलसैनमा कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको निर्णय बमोजिम जिल्ला कार्यसमिति अछामको आयोजनामा सोमबार भोली बैठकको आयोजना गरि तत्पश्चात अभियानको थालनी गरिने कांग्रेस अछामले जनाएको छ ।

पार्टिको आन्तरिक संगठन सुदृढीकरणका लागि थालनि गरिएको अभियानको सोमबार एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधी सुशिला भट्ट मिक्षाले सुरुवात गर्ने भएकी हुन् । नेतृ भट्ट मिश्राको साँफेबगरमा स्वागत समेत गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि शुसिला भट्ट मिश्राको बिशेष उपस्थितीमा कार्यक्रमको आयोजना हुन लागेको कांग्रेस अछामका जिल्ला कार्यसमिती सदस्य युवा नेता बिनोद थापाले बताए । कार्यक्रमका लागि केन्द्रीय सदस्य भट्ट सहितको टोली अछाम पुगिसकेको समेत नेता थापाले बताए ।

नेता थापाका अनुसार कांग्रेस पार्टी कार्यालय मंगलसैनमा बैठकको आयोजना गरि केन्द्रले सर्कुलर गरेको “विशेष आन्तरिक अभियान“ २०–३० श्रावण, २०८० को सुरुवात गरिनेछ । अभियानले पार्टीका आन्तरिक संगठन मजुबुद हुनुका साथै वडा देखि जिल्लासम्म पुरा हुन बाँकी रहेका संरचना समेत निर्माण हुने उनले बताए ।

कार्यक्रमका लागि जिल्लामा रहेका केन्द्र, प्रदेश, जिल्लाका नेताहरु, जनप्रतिनिधिहरु, प्रतिनिध सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर तथा गाऊं, वडा तथा जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेक्षुक संस्था लगायत नेपाली कांग्रेस सम्बद्ध सबैलाई पार्टीको आन्तरिक सांगठनिक अभियान सफल बनाउनका लागि सहभागी हुन कांग्रेस अछामले आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया