Advertisement
SKIP THIS
अछाममा जंगली जनावरले बाली नष्ट गर्न गर्न थाले

निराकरण खबर अछाम :अछाममा जंगली जनावर बदेलले मकै धानबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानहरुले बताएका छन । राति घर बाहिर पहरा दिए पनि धान मकैबाली जोगाउन नसकिएको स्थानियको भनाई छ ।

अधिकांश खेत बारीमा किसानहरुले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फाटो लुगा कपडा टाँगेर मान्छे जस्तै पुतला बनाएर बिभिन्न उपाए अपनाए पनि कुनै उपाय नलागेको किसानहरुले बताएका छन् । जिल्लाको चौरपाटि गाँउपालिका वडा नम्मर ५ लुंग्रा गहिलमा जंगली जनावर बदेलले धान मकैबाली नष्ट गरे पछि किसानहरु अहिले चिन्तीत बनेका हुन् ।

दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानहरूलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको बदलले बालि नोक्सानी बर्षेनि गर्नथाले पछि खेति लगाउने किसानहरुघट्दै नेपाली काँग्रेस अछाम १ प्रदेश कसभापती महेश खड्काले बताए । जंगली जनावरले धान, मकै लगायतका बाली नष्ट गर्न थालेपछि किसानहरु रातभर जागारामा बस्ने गरेको उनले सुनाए । यसको समस्या समाधान र क्षेतीपुर्तिको लागि पालिकाले पहल गरीदिनु पर्नै किसानहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया